Online IEMiS Paathshala EMiS

What should people with high blood pressure not eat?

स्वास्थ नै सबैभन्दा ठूलो सम्पती हो, आज उच्च रक्तचापका विषयमा कुरा गरौं ।उच्च रक्तचाप हुने समस्या समाजमा बढ्दो छ, तनावग्रस्त जीवनशैली, खानपान अनि व्यायामको कमीले हाम्रो रक्तचापलाई बढाइरहेको हुने कुरा अध्ययनहरुले देखाएको छ । आउनुहोस् उच्च रक्तचाप हुनेहरुले खान नहुने केही कुराहरुका बारेमा आज जानकारी लिऔं ।

१. नुन र चिनी

यि दुवै कुराहरू रक्तचाप उकालो लागीरहेका मान्छेले नखाएको या अति कम खाएको राम्रो मानिन्छ । अलिनो खाने नै भनेको त हैन, तर सकेसम्म नुन या चिनीको मात्रा घटाउने सल्लाह चिकित्सकहरुको छ, यी कुराहरु अलिक बढि खानाले हाइपरटेन्शनको संभवना रहने बताइन्छ । स्वस्थ मान्छेले दैनिक २३०० मिलिग्रामसम्मको सुगर सेवन गर्न लाभदायक मानिन्छ अनि जहाँसम्म चिनीको कुरा छ चिनी पनि हाम्रो शरीरका लागि चाहिने कुरा हो । तर, यसको पूर्ति चकलेट या क्यान्डी भन्दा पनि फलफूल लगायतका कुराबाट गराउनु राम्रो हो ।

२. डब्बाभित्रका खानेकुराहरू या क्यानको खानेकुराहरू

आजभोली प्याक गरिएका अनि डब्बामा राखिएका विभिन्न प्रिजरभेटिभ राखिएका खानेकुराहरुको चलन नेपालमा पनि बढ्दो छ तर यो स्वास्थका लागि भने खराब हो । यस्ता खानेकुराहरू नखाने सल्लाह चिकित्सकहरुको छ तथापी क्यान बाहिरका गेडागुडि, तरकारी लगायतका कुराहरु भने खान जरुरी रहन्छ ।

३. प्याकेटका सुपहरू

अहिले नेपाली समाजमा प्याकेटमा राखिएका विभिन्न फ्लेबरका धुलो सुपहरू किनेर लैजाने र तातेपानीमा हालेर स्वस्थवर्धक सुपका रुपमा खाने चलन पाइन्छ । तर, पसल या स्टोरमा सजिलै पाइने यस्ता सुपहरु रक्तचापका बिरामीका लागि मात्र नभई सबैजनाका लागि स्वस्थवर्धक नहुने अध्ययनले बताएको छ । यस्ता सुप किन्दा लो सोडियम डाइटको ट्याग छ वा छैन अनि के के हालेर बनाइएको छ त्यो पनि हेर्नुहोस् नत्र सुपको चक्करमा हामीले अत्याधिक नुन र प्रिजरभेटिभ खाइरहेका हुन्छौं ।

४. प्रोसेस्ड मासुहरू

ससेज या स्टेक या प्याटिजका रुपमा हामी प्रशोधित मासुहरु सेवन गरिरहेका हुन्छौं तर त्यस्ता खानेकुराहरुले हाम्रो रक्तचापलाई नियन्त्रण बाहिर लिएर जान ठूलो भूमिका खेलिरहेको हुन्छ भन्ने के यहाँहरुलाई थाहा छ ? यस्ता मासुहरुमा विभिन्न केमिकल अनि धेरै सोडियम अर्थात नुन हालेर बनाइएको हुन्छ, रक्तचापका लागि त यी कुराहरु खानु श्राप सरि हुन् ।

५. सफ्ट ड्रिकंहरू

सफ्ट ड्रिंकको चलन नेपालमा निकै समय अघिबाट रहिआएको र प्रचलित छ । चाडवाडमा त झन् यो अपरिहार्य कुरा झैं भएको छ । तर, यस्ता पेय पदार्थले रक्तचापको समस्या उत्पन्न गराँउदछन् । क्याफिनेटेड सोडाले श्रणीक रुपमा हामीलाई सन्तुष्टि दिँदै खाना पचाउन सहयोग गरे झैँ या अझ क्याफिन मिसाइएको सोडाले केहि आराम दिएको पनि आभाष हुन्छ । तर, तिनमा भएको अत्याधिक चिनीको मात्राले लामो समयमा हामीलाई मधुमेह र रक्तचापको रोग दिएर जाने पक्का छबरु यिनको साटोमा चिसो पानी, मिन्ट मिसाइएको पानी या ताजा जुस खानु फाइदा रहन्छ ।

Related Posts

SWIFT Codes of All Commercial Banks in Nepal [Updated 2026]

What is a SWIFT Code? SWIFT Code (Society for Worldwide Interbank Financial Telecommunication) is a standard format of Business Identifier Codes (BIC) used to uniquely identify banks and financial institutions…

Continue reading...
Gastritis symptoms and ways to reduce them.

स्वस्थ्य सुझाव”ग्यास्ट्राइटिस”: लक्षण र कम गर्ने उपायहरू ग्यास्ट्राइटिस” समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ…

Continue reading...

One thought on “What should people with high blood pressure not eat?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Useful links

Essential phone numbers in Nepal.🙏🇳🇵

Essential phone numbers in Nepal.🙏🇳🇵

Website of the Federal Public Service, Provincial Public Service and Teachers Service Commission of Nepal.🇳🇵

Website of the Federal Public Service, Provincial Public Service and Teachers Service Commission of Nepal.🇳🇵

Important education-related websites in Nepal are mentioned here.🇳🇵

Important education-related websites in Nepal are mentioned here.🇳🇵