Santosh Amgain सरको केही चर्चित मुक्तक यहाँ उल्लेख गरिएको छ एकपटक पढ्न नभुल्नुहोला।🙏🤔
मुक्तक १
मह गाड हात चाट पैसो पनि आउँछ।
गुन्द्री बुन कुचो बाट पैसो पनि आउँछ।
सित्तैमा मेरो कुरा काट्दै हिन्नु भन्दा,
सैलुन खोल कपाल काट पैसो पनि आउँछ।।
मुक्तक २
मुक्तक घन बन्दा खेरी पत्थरको दुश्मन भइन्छ।
बुद्ध बनौ भने हिटलरको दुश्मन भइन्छ।
सबैको प्रिय बन्न सकिन्न क्यै गरेर पनि,
औषधि बन्दा त जहरको दुश्मन भइन्छ।।
मुक्तक ३
मुहार सेतो देखाई मन कालो बनायौ।
मलाई पनि प्रयोग गर्यौ टालो बनायौ।
मलम बन्ने अवसर अन्तै पायौ होला,
यता मेरो घाउलाई आलो बनायौ।।
मुक्तक ४
क्षणभरलाई त पीर हुन्छ, ताप हुन्छ।
केवल छातीमा पीडाको छाप हुन्छ।
एडलरको क्षतिपूर्ति सिद्धान्त पढेको छु,
तिम्रो तिरस्कार मलाई फलिफाप हुन्छ।।
यस्तै यस्तै अन्य थुप्रै मुक्तक पढ्नको लागी हामीसँग निरन्तर अपडेटमा रहनुहोला।





