स्वस्थ्य सुझाव”ग्यास्ट्राइटिस”: लक्षण र कम गर्ने उपायहरू
ग्यास्ट्राइटिस” समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ । यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन । पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।
👉ग्यास्ट्राइटिसका लक्षणहरू यसको प्रकारका आधारमा फरक-फरक हुन सक्छ । सामान्य रुपमा यो रोगमा देखिने लक्षणहरू भनेका निम्न हुन सक्छन्।👇
- माथिल्लो पेट दुखाइ वा असुविधा हुने,
- वाकवाकी र उल्टी आउने,
- अपच हुने,
- पेट फुल्ने,
- भोक नलाग्ने,
- डकार आउने,
👉यस रोगबाट बच्न तपाईंले निम्न कुराहरूमा ध्यान दिन आवश्यक छ।
- रक्सी, क्याफिन, एसिडिक खाना वा मसालेदार खानाहरू नखानुहोस् ।
- समय समयमा थोरै थोरै खानेकुराहरू खाइराख्नुहोस्।
- तनावले पनि “ग्यास्ट्राइटिस”को समस्यालाई बढाउछ, त्यसैले ध्यान र योगको अभ्यासहरू गर्नुहोस् जसले “ग्यास्ट्राइटिस”को समस्यालाई कम गर्न मद्दत गर्छ ।
- धुम्रपान त्याग्नुहोस् ।
- स्वस्थ आहार जस्तै फलफूल, तरकारी, अन्न र प्रोटिनयुक्त सन्तुलित आहार खानुहोस् ।
- प्रयाप्त मात्रामा नियमित रुपमा पानी पिउनुहोस् ।
- समस्या भइराखेमा चिकित्सकसँग परामर्श लिनुहोस् ।

![SWIFT Codes of All Commercial Banks in Nepal [Updated 2026]](https://shaixiksangrah.com/wp-content/uploads/2026/03/1773899154481.jpg)



