Online IEMiS Paathshala EMiS

Gastritis symptoms and ways to reduce them.

स्वस्थ्य सुझाव”ग्यास्ट्राइटिस”: लक्षण र कम गर्ने उपायहरू

ग्यास्ट्राइटिस” समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ । यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन । पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।

👉ग्यास्ट्राइटिसका लक्षणहरू यसको प्रकारका आधारमा फरक-फरक हुन सक्छ । सामान्य रुपमा यो रोगमा देखिने लक्षणहरू भनेका निम्न हुन सक्छन्।👇

  • माथिल्लो पेट दुखाइ वा असुविधा हुने,
  • वाकवाकी र उल्टी आउने,
  • अपच हुने,
  • पेट फुल्ने,
  • भोक नलाग्ने,
  • डकार आउने,

👉यस रोगबाट बच्न तपाईंले निम्न कुराहरूमा ध्यान दिन आवश्यक छ।

  • रक्सी, क्याफिन, एसिडिक खाना वा मसालेदार खानाहरू नखानुहोस् ।
  • समय समयमा थोरै थोरै खानेकुराहरू खाइराख्नुहोस्।
  • तनावले पनि “ग्यास्ट्राइटिस”को समस्यालाई बढाउछ, त्यसैले ध्यान र योगको अभ्यासहरू गर्नुहोस् जसले “ग्यास्ट्राइटिस”को समस्यालाई कम गर्न मद्दत गर्छ ।
  • धुम्रपान त्याग्नुहोस् ।
  • स्वस्थ आहार जस्तै फलफूल, तरकारी, अन्न र प्रोटिनयुक्त सन्तुलित आहार खानुहोस् ।
  • प्रयाप्त मात्रामा नियमित रुपमा पानी पिउनुहोस् ।
  • समस्या भइराखेमा चिकित्सकसँग परामर्श लिनुहोस् ।

  • Related Posts

    SWIFT Codes of All Commercial Banks in Nepal [Updated 2026]

    What is a SWIFT Code? SWIFT Code (Society for Worldwide Interbank Financial Telecommunication) is a standard format of Business Identifier Codes (BIC) used to uniquely identify banks and financial institutions…

    Continue reading...
    Funny and interesting “gaukhane stories”.

    Here are some interesting and popular Nepali village food stories and their answers. If you have time, you should definitely read it once. * Story: Twelve brothers have the same…

    Continue reading...

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    Useful links

    Essential phone numbers in Nepal.🙏🇳🇵

    Essential phone numbers in Nepal.🙏🇳🇵

    Website of the Federal Public Service, Provincial Public Service and Teachers Service Commission of Nepal.🇳🇵

    Website of the Federal Public Service, Provincial Public Service and Teachers Service Commission of Nepal.🇳🇵

    Important education-related websites in Nepal are mentioned here.🇳🇵

    Important education-related websites in Nepal are mentioned here.🇳🇵