फूलहरू झारेको जिम्मा कसले लिन्छ?
अन्धकार पारेको जिम्मा कसले लिन्छ??
बनाएको जस लिन तँछाडमछाड गर्छौ,
बाँकी बिगारेको जिम्मा कसले लिन्छ?
हजुरले जितेको लाभ त लिनु भयो नि,
जनताले हारेको जिम्मा कसले लिन्छ?
सुनाउँछौ आफू कसरी बचेँ भन्ने कहानी,
अनि मान्छे मारेको जिम्मा कसले लिन्छ?
✍️प्रदीप रोदन





